RaraNews

    रारान्यूज संवाददाता प्रकाशित : २०७५/६/१८ गते
    १५७ पटक

    प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको विवाद लामो समय नटिक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७३औँ महासभालाई सम्बोधन गरेर फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीभित्रको विवाद छिट्टै

    व्यवहारबाटै समाधान हुने बताएका हुन्। त्रिभुवन विमानस्थलको विशेष कक्षमा बिहीबार पत्रकार सम्मेलन गर्दै ओलीले अमेरिका भ्रमण सफल भएको पनि बताए। उनले आफ्नो अमेरिका र कोस्टारिका भ्रमणले नेपाललाई विश्व समुदायमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको

    बताए। सोही क्रममा ओलीले पार्टी भित्रको विवादलाई लिएर विमानस्थलमा असन्तुष्टी जनाएका थिए। आफू र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेश गएका बेला नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र उनी निकट नेताहरूले पार्टी नेतृत्व र सरकारको बारेमा कडा आलोचना

    गर्नुका साथै स्थायी समितिका सदस्यलाई चीयापानमा बोलाएको विषयमा पार्टी अध्यक्षसमेत रहेका ओलीले विरोध गरे। उनले नेता नेपाललाई लक्षित गर्दै चुनाव अगाडिदेखि नै एकताको विपक्षमा रहेको खुलासा गरे।

    प्रतिकृया दिनुहोस्