RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२९ गते
११२८ पटक

काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन गरेको छ भने पाँच जना सहसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेमा अर्थ मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेलाई प्रदेश २को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी,प्रदेश २ का सामाजिक विकास मन्त्रालयका भरतमणि सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई विराटनगर महानगरपालिकामा, राष्ट्रिय महिला आयोगका दीपेन्द्र काफ्ले तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, बढुवा भएकामध्ये सुरेशप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, भेषबहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, बैकुण्ठनिधिशर्मालाई जितपुर सिमरा उपमहानगरपालिकामा, धु्रवकुमार पोखरेललाई पोखरा महानगरपालिकामा, भीमसेन तिमिल्सिनालाई थारू आयोगमा, शान्ता अधिकारीलाई राष्ट्रिय महिला आयोगमा, ध्रुव गैडालाई प्रदेश २ को प्रदेश प्रमुखको कार्यालयमा, कैलाशराज पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।

यसैगरी बढुवा भएकामध्ये कृष्णप्रसाद पराजुलीलाई प्रधानमन्त्री कार्यालयमा, शैलजा रेग्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, सरोजप्रसाद गुरागाईंलाई गृह मन्त्रालयमा,बाबुराजा श्रेष्ठलाई नेपाल ट्रस्टको कार्यालयमा, राजीव पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, शिवादेवी दाहाल र शम्भु मरासिनीलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ ।

त्यस्तै, गृहमन्त्रालयमा पदस्थापन हुनेमा दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरी आचार्य, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, कोशहरि निरौला, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मी रहेका छन् ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्