RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२९ गते
११९६ पटक

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विश्वविद्यालयलाई छोरा बनाएर हुर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने,”मेरो जीवनमा छोरा छैन,मेरो एउटै मात्र छोरी छन् । मैले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई मेरो छोरा बनाएर हुर्काउने योजना गरेर आएको छु ।”

विश्वविद्यालयलाई भ्रष्टाचार मुक्त बनाउन प्रोफेसरहरुले साथ दिनुपर्नेमा जोड दिदै भने, ”सरकारले दिएको पैसामा भ्रष्टाचार गरेर प्रोफेसरहरु अख्तियारको ढोकामा जाने कुरा अन्त्य गरेर जनताका पक्षमा लड्ने विश्वविद्यालये बनाउन चाहान्छु ।

असल प्रोफेसरले असल नेता,असल पत्रकार,असल डक्टर्स,असल इन्जिनियरको उत्पादन गर्ने तर प्रोफेसर नै भ्रष्ट र अनुशासनहीन भए त्यसले सारा कुरा ध्वस्त पार्ने प्रा.डा. सिंहको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्