फागुन ३० गते । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ ।
नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको थियो ।
बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ । ” उहाँले भन्नुभयो, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ”
उहाँले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ । ” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ ।
मुलुकमा सङ्क्रमण देखिएमा तत्कालै निर्णय गर्न सकिने भन्दै हाललाई विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रूपमा घोषणा गरेपछि उत्पन्न भएको जोखिमको समीक्षा समेत बैठकमा गरिएको जनाइएको छ ।
दक्षिणतर्फको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले भारतसँगको नाकामा सुरक्षा सतर्कता व्यवस्थित गर्ने निर्णय गरिएको छ । प्रवक्ता डा. खतिवडाले भन्नुभयो, “भारततर्फको नाका नियमन गर्न भारतले पनि खासखास नाकाबाट मात्र आवागमन खोल्ने भनेको छ । नेपालले पनि त्यही नाकाबाट मात्रै आवागमनलाई व्यवस्थित गर्ने गरी गृह र परराष्ट्र मन्त्रालयले सहकार्य गर्ने भन्ने छलफल भएको छ । ”गोरखापत्र दैनिकबाट ….
जुम्लाको बालविकास केन्द्रबाट तलब बुझ्ने, शहरमा बस्ने
जुम्ला : जिल्लाको चन्दननाथ नगरपालिकाभित्र समुदायमा आधारित १४ र विद्यालयमा आधारित २१ गरी ३५ वटा बाल विकास केन्द्र सञ्चालनमा छन्। तर यस्ता केन्द्रका...
पौष २६, २०७७आजको मौसम : पहाडी भू–भागमा वर्षा र हिमपात
काठमाडौँ । हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहे पनि तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ ।...
पौष १८, २०७७माघ १५-२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक...
पौष १८, २०७७जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव
काठमाडौँ, भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।...
पौष २१, २०७७जुम्लामै कालिज पालन व्यवसाय सुरु
नौरते नेपाली …पछिल्लो समयमा फरक सोच राखेर उद्यमशीलता गर्न युवा सक्रिय भएका समाचार आइरहेका बेला जुम्ला गुठीचौर ४ मा ठूलो...
पौष २२, २०७७वायू प्रदूषण उच्च, घर बाहिर ननिस्किन विज्ञको सुझाब
काठमाडौं : काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ। सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ।...
पौष २१, २०७७चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा
काठमाडौं । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत...
पौष २१, २०७७