RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१ गते
७०५ पटक

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखेको प्रस्तावमाथि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको प्रस्तावलाई स्वागत गर्दै कोरोना भाइरसविरुद्ध सार्कको नेतृत्वमा लड्ने रणनीतिमा आफ्नो दरिलो समर्थन रहने बताएका हुन् ।

‘प्राणघातक रोगविरुद्ध हाम्रा नागरिकलाई सुरक्षित राख्न सार्क सदस्य राष्ट्रसँग समन्वय गरेर काम गर्न मेरो सरकार तयार छ,’ प्रधानमन्त्री ओलीले मोदीको ट्वीटमा रिट्वीट गरेका छन् ।
मोदीले ट्वीट मार्फत सार्क देशका शीर्ष नेतृत्वलाई सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध मिलेर बलियो रणनीति बनाएर लड्नुपर्ने बताएका छन् । उनले भिडियो कन्फरेन्सको माध्यबाट समेत छलफल गर्न सकिने प्रस्ताव राखेका छन् । ‘एक साथ मिलेर हामी विश्वलाई उदाहरण प्रस्तुत गर्न सक्छौं,’ मोदीले गरेको ट्वीटमा उल्लेख छ ।

उनको प्रस्तवामा नेपालले मात्र होइन, भुटान, श्रीलंका र माल्दिभ्सका शीर्ष नेताले समेत स्वागत गरेका छन् । उनीहरूले संयुक्त रणनीति तयार गर्न आफ्नो साथ रहने जवाफ दिएका छन् । श्रीलंकका राष्ट्रपति गोटाबाया राजपक्षेले पनि प्रधानमन्त्री मोदीको ट्वीटको जवाफ दिएका छन् । उनले ‘अप्ठ्यारो परिस्थितमा अरूबाट सिकेर एकताबद्ध भई हाम्रा नागरिकलाई सुरक्षित राखांै’ भनेर जवाफ दिएका छन् ।राजधानी दैनिकबाट ….

प्रतिकृया दिनुहोस्