RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२ गते
६१८ पटक

भारत सरकारले गएको साता मात्रै पारासिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिमा ११ वटा औषधि उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ छन् भने बाँकी १५ वटा औषधिका फर्मुलेसन रहेका छन् ।

पछिल्लोपटक कोरोना भाइरसको सङ्क्रमण भारतमै देखिन थालेपछि भारत सरकारले अन्य देशमा निर्यात गर्दै आएका औषधि र कच्चा पदार्थ निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।

नेपाल सरकारको कूटनीतिक तथा वाणिज्य दूतमार्फत गरिएको अनुरोधपछि भारत सरकारले नेपालमा आउने औषधिमा कुनै प्रकारको रोक नलगाएको बताउँदै आएको छ तर औषधि व्यवसायीहरू भने पछिल्लोपटक भारतबाट औषधि नआएको बताउँदै आएका छन् । नेपालमा वार्षिक रूपमा ३६ अर्ब रुपियाँ बराबरको औषधि खपत हुने गरेको छ ।

औषधि व्यवस्था विदेशमा आयातीत र स्वदेशमा उत्पादित औषधि समावेश रहेको छ । स्वदेशी विदेशी औषधि, औषधिको कच्चा पदार्थ, सर्जिकललगायतको मूल्य जोड्ने हो भने करिब ७० अर्ब रुपियाँ बराबरको औषधि बजारमा भएको बताइन्छ ।गोरखापत्र दैनिकबाट ….

प्रतिकृया दिनुहोस्