RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२ गते
६४१ पटक

काठमाडौं :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भइरहेको भिडियो संवादमा सार्क राष्ट्रका आठ देशका कार्यकारी प्रमुख सहभागी छन्।

भिडियो संवादको सुरुवात गर्दै भारतीय प्रधानमन्त्री मोदीले भर्खरै मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गरे।

‘भर्खरै अप्रेशन गरेर आउनु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजी यो भिडियो संवादमा सहभागी हुन आउनु भएकोमा धेरै धेरै धन्यवाद!’, सम्बोधनको सुरुमै मोदीले भने, ‘हामी सबैकोतर्फबाट उहाँको स्वास्थ्य चाँडो भन्दा चाँडो पूर्ण ठीक होस् भन्‍ने कामना गर्दछु।’

उनले त्यसपछि अफगानिस्तानका नवनियुक्त राष्ट्रपति असरफ घानीलाई स्वागत गरे। मोदीले सम्बोधनका क्रममा सार्क राष्ट्रहरुबीच उस्तै उस्तै चुनौती रहेको बताए।

प्रतिकृया दिनुहोस्