RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२ गते
६४६ पटक

जनकपुरधाम । अवैध घरेलु मदिरा सेवनबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरधाममा थप चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदा रहेका छन् ।

सोही बस्तीका अन्य तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । बस्तिका अन्य २२ जनालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना गराइएको मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र यादवले जानकारी दिएका छन ।

अस्पतालमा उपचाररत बिरामी
गत बुधबार होलीको दिन मदिरा सेवन गरेकाले चेकजाँचका लागि ल्याब पठाइएको जानकारी चिकित्सकहरुले दिएका । बस्तीमा होलीका दिन प्रायः घरपरिवारका व्यक्तिले मदिरा सेवन गरेको वडा अध्यक्ष जानकीराम साहले बताए ।

यसअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया भवाडीमा घरेलु मदिरा पिउँदा ८ जनाको ज्यान गएको छ । बिहीबार तीनजना, शुक्रबार चारजना र शनिबार एकजना गरी जम्मा ८ जनाको ज्यान गएको हो ।

क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका बस्ने ३५ वर्षीय ब्रह्मदेव यादव, सोही स्थानका ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी मण्डलको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।

क्षिरेश्वर नगरपालिका १ का ३६ वर्षीय रामनारायण मण्डल, सोही ठाउँ बस्ने २७ वर्षीय इन्द्रजित महरा, ४७ वर्षीय शत्रुधन मण्डल र धनुषाकै जनकपुरधाम उप–महानगरपालिका देवपुरा रुपैठा स्थायी घर भइ ससुराली सपही बस्दै आएका ३० वर्षीय राजु महरा र ६० वर्षीय श्रीदेव यादवको मृत्यु भएको छ ।

सपहीका स्थानीयका अनुसार दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सुत्ने वर्षौंदेखिको दैनिकी भएका मानिसहरूको मृत्यु भएको हो । उनीहरू प्रायः सबैको टाउको दुख्ने, बान्ता हुने, छटपट्टी भएर मृत्यु भएको स्थानीय शत्रुधन यादवले जानकारी दिए । राजधानी दैनिकबाट …..

प्रतिकृया दिनुहोस्