RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/४ गते
११५६ पटक

काभ्रे : टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि सोमबार साँझ पनौती तनावग्रस्त बनेको छ। बनेपाबाट पनौतीतर्फ गुडिरहेको बा५ख ५४८० नम्बरको टिपरले पनौती बसपार्कमा ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको मृत्यु भएको थियो।

स्मारिकाले बाटो काट्ने क्रममा आमाले छोरीलाई बचाउन खोज्दा टिपरले किचेको थियो। स्मारिकाको घटनास्थलमै र जुनीमायाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।

चालकको लापरबाहीका कारण आमाछोरीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सातजना घाइते भएका छन्। स्थानीयले घटनाको विरोधमा नाराबाजी गरेर सडक अवरुद्ध गरेका थिए। उनीहरूले पनौतीस्थित प्रहरी बिट जलाइदिएका छन्।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्