RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/४ गते
१७६६ पटक

नकपुरधाम । प्रदेश–२ को स्थायी राजधानी र नाम तोक्नका लागि मंगलबार प्रदेशसभा बैठकमा मतदान हुँदैछ । लामो समयदेखि स्थायी राजधानी र नामका विषयलाई लिएर दलहरुबीच छलफल चले पनि सहमित जुट्न नसकेपछि मतदानबाटै टुंगो लाग्न लागेको हो ।

मंगलबार बिहान ८ बजे नै बैठकमा सहभागीता जनाउन प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिंग गरेका छन् ।

विभिन्न दलका प्रतिनिधि सम्मिलित समितिले जनकपुरधामलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशको नामकरणको लागि सत्तापक्ष पार्टी समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला’प्रस्ताव गरेका छन् ।

नामकरण सम्बन्धमा सत्तापक्षको अडान कायम रहेपछि गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ ।नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक हुन्छ ।

प्रतिकृया दिनुहोस्