RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/५ गते
७७४ पटक

एजेन्सी । कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ ।

इटलीमा ३ सय ४५ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सयभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यस्तै युरोपमा इटलीपछि सबैभन्दा बढी स्पेनमा १ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा १ हजार ८ सय ८४ जना नयाँ संक्रमित भेटिएका छन् ।

यता, इरानमा १ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा फ्रान्समा २७, अमेरिकामा २५, नेदरल्यान्ड्समा १९, बेलायतमा १६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण हालसम्म ७ हजार ९ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनका ३ हजार २ सय ३७, इटलीमा २ हजार ५ सय ३, इरानमा ९ सय ८८, स्पेनमा ५ सय ३३, फ्रान्समा १ सय ७५, अमेरिकामा १ सय ११, दक्षिण कोरियामा ८४, बेलायतमा ७१, नेदरल्याड्समा ४३, जर्मनीमा २६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्