RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/७ गते
६६६ पटक

काठमाडौं – मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन र सम्भावित जोखिम सामना गर्न नेपाली सेनाले चेतनामूलकसहित विभिन्न गतिविधि अघि बढाएको छ।

सेनाले आवश्यक पर्दा परिचालन हुनेगरी स्वास्थ्यकर्मी, औषधि तथा उपकरण तयारी अवस्थामा राखेको र क्वारेन्टाइन सेन्टर निर्माणलाई पनि तीव्रता दिएको छ। कोरोनाको सम्भावित जोखिमको सामना गर्न जंगी अड्डामा विपद् व्यवस्थापन केन्द्र स्थापना गरिएको जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिए।

करिब एक साताअघि कोरोना कार्यविधि तयार पारेको सेना अहिले वहालवालाबाहेक भूतपूर्व सैनिकलाई पनि संकटका बेला परिचालन गर्ने तयारी मिलाउन लागेको छ। त्यस्तै तालिम प्राप्त राष्ट्रिय सेवा दललाई पनि परिचालन गरिने जानकारी पाण्डेले दिए। ‘अहिले हामीसँग रहेको जनशक्ति तथा के–कति औषधि तथा उपकरण आवश्यक पर्छ भन्ने लगत संकलन गर्ने काम भइरहेको छ,नागरिक दैनिकबाट …..

प्रतिकृया दिनुहोस्