RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/७ गते
५९७ पटक

कोरना भाइरस (कोभिड–१९) का कारण अर्थतन्त्र शिथिल बन्दै गएपछि सरकारले यस वर्ष बजेटमार्फत लिएको र मध्यावधि समीक्षामार्फत संशोधन गरेका सबैजसो लक्ष्य हासिल नहुने देखिएको छ ।

सरकारी तथ्यांकको आयव्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म बजेट खर्चको अवस्था झनै कमजोर देखिएको छ भने करिब ७० प्रतिशत राजस्व उठाउने समयमा सरकार ८ महिनासम्म ४९ प्रतिशतमात्रै संकलन गर्न सक्षम देखिएको छ ।

लक्ष्य हासिल नहुने पर्याप्त आधारहरू देखिइसकेका छन् । यद्यपि सरकारले भने कोरोनाले पर्यटन क्षेत्रमामात्र ठूलो असर गरेको र अन्य क्षेत्रहरूमा बाहिर हल्ला गरिएजस्तो असर नगरेको दावी गर्दै आएको छ । पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशतमात्रै रहेको र अन्य क्षेत्रहरूमा ठूलो असर नगरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दावी गरे ।

बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा डा. खतिवडाले भने, “कोरोनाले सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको छ, फेबु्रअरी र मार्चको सिजन प्रभावित हुने भए पनि त्यसपछि तत्काल पर्यटन क्षेत्र फर्कने गरी सरकारले योजना ल्याउनेछ ।” उनले पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतमात्रै रहेको भन्दै त्यसको अर्थतन्त्रमा प्रभाव पनि सोहीअनुसार मात्रै पर्ने पनि बताए । स्वास्थ्यका कारण चिनियाँ नाकाबाट आयात नभएपनि भारततर्फको नाकाबाट आयात भइरहेकोले खाद्यान्न लगायतका सामग्रीको अभाव नहुने जिकिर गरे  कारोबार दैनिकबाट ……

प्रतिकृया दिनुहोस्