RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/७ गते
६३६ पटक

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कोरोना भाइरस रोकथामसम्बन्धी परिषदको बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय बेड र नेपाली सेनाले रेडियो नेपाल हाताभित्र ४ सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार भारतबाट आउने व्यक्तिलाई स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा राखिनेछ ।

प्रदेश सरकारले कोरोना रोकथामको लागि ५० करोड रुपैयाँको विपद व्यवस्थापन कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ । हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा आएमा हेलिकोप्टर पनि प्रयोग गरिने मन्त्री केसीले जानकारी दिइन् ।

प्रवक्ता केसीका अनुसार यो सिजनमा मात्र करिब १ लाख कर्णालीवासी घर फर्किने अनुमान गरिएको छ । ‘भारतसँगको सीमा सिल नगरिएको कारण मान्छेहरु धमाधम आइरहेका छन्

प्रतिकृया दिनुहोस्