RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/८ गते
२०३९ पटक

काठमाडौं/पोखरा – विश्वभरका एक सय ७० भन्दा बढी देशमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरसको त्रासले नेपालका तारे होटल धमाधम बन्द हुन थालेका छन्। गत मार्च १० बाट प्रभावित आठ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी आगमनमा गरेको थप कडाइले होटल सुनसान बन्दै आएका थिए।

युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई सरकारले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने सरकारी निर्णयले ठूला होटलले सेवा रद्द गर्ने क्रम बढेको हो। बिहीबार ९ गतेसम्मका लागि काठमाडौं बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी बन्द भएको थियो भने शुक्रबारदेखि दरबारमार्गस्थितस्थित पाँचतारे होटल याक यन्ड यतीले सेवा बन्द गरेको छ।

होटलले सूचना जारी गर्दै अर्काे सूचना नआउन्जेलसम्मका लागि शनिबारबाट आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन गरेको छ। कोरोन संक्रमणको त्रासका कारण दुई साता अघिदेखि नै होटलको अकुपेन्सी घट्दै आए पनि मार्च १० देखि सरकारले पर्यटकलाई नेपाल आउन प्रतिबन्ध लगाएसँगै होटलको अवस्था खस्किएको थियो। हाल होटलमा कुनै पाहुना नरहेको र होटल पूर्ण रूपमा खाली रहेको होटल सम्बद्व स्रोतले जानकारी दिएको छ।

सरकारले अत्यावश्यक कामबाहेक आवतजावत, हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिकस्थलमा भिड नगर्न, पार्टी प्यालेस, मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक तथा सार्वजनिकस्थलहरूमा २५ जनाभन्दा बढी मानिस भेला नहुन गरेको आग्रहसँगै होटल व्यापार खस्केको छ। नागरिक दैनिकबाट ….

प्रतिकृया दिनुहोस्