RaraNews

अबिरल यात्री [भण्डारी नरेश ] प्रकाशित : २०७६/१२/८ गते
१५७५ पटक
अबिरल यात्री [भण्डारी नरेश ]

बिश्व भरिका नागरिकहरु यति बेला ठुलो त्ररासमा जिबन गुजारी रहेका छन । कोरोनाबाट मर्नेहरुको संख्या बढ्ने क्रममा छ । कोरोनाबाट बिरामी हुनेहरु दिन दुई गुना र रात चौगुना बढ्ने क्रम जारी छ ।

बिश्व भरिको अर्थतन्त्रको अवस्था नाजुक बन्दै गएको छ । नेपालको अर्थतन्त्रको अबस्था पनि झन खतरामा छ । आजका मितिसम्म नेपालमा कोराना देखिएको छैन । नेपाली नागरिकहरु निकै ठुलो तनाममा छन् । लगभक देश लकडाउन जस्तै छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टका नाममा सम्बोधन गर्दै सबै नागरिकहरुलाई सचेत अबस्था रहन आग्रह गर्नु भन्दा केहि घण्टा पहिले कर्णाली प्रदेशको मुकाम बिरेन्द्रनगर सुर्खेतमा नेकपाका एक नेताले पत्रकार सम्मेलन गरेर आफ्नो मनोगत्त चाहना ब्यतm गरि रहदा जगत हास्यो ।

बिश्व भरिको अबस्था समय र परिस्थितिको आंकलन नगरी गरिने कामले आफैलाई क्षति हुन सक्छ भन्ने पनी हेक्का रहेन छ ति हाम्रा नेता ज्युलाई

मुलुक संघियतामा जादा सबै भन्दा खुसी हुनेमा कर्णालीका नागरिक थिए । नेपालमा सबै भन्दा पहिला प्रदेश राजधानी र प्रदेश नामकरण गरेर कर्णालीले अरु सबै प्रदेशलाई चुनौति पनि दियो । देशले निकै समय पेलेर राखेको साकिबको कर्णाली अञ्चल कर्णाली प्रदेशमा हाबि देखियो । मुख्यमन्त्री सहित महत्वपुर्ण मन्त्रालय साबिकको कर्णालीका सांसदहरुले लिए ।

साबिकको कर्णाली अञ्चल माथि शासन गर्ने सोच बनाएकाहरु रात भरि निदाउन सकेन् । सिमित साधन श्रोत निकै कम कर्मचारीहरुका कारण पनि सोचे जतिको काम गर्न सकेन होला साहेद कर्णाली सरकारले ।

कर्णाली सरकारले आफ्नो बलबुताले भ्याएसम्म काम गरेकै छ भन्छन नेकपाका एक थरि सांसदहरु । अर्को थरि सांसदहरु यो सरकारले कति पनी काम गर्न नसकेको आरोप लगाउदै आएका छन् ।

कर्णाली प्रदेशमा हुनु पर्ने काम केहो र के भएन भन्ने प्रश्नको उत्तर कुनै सांसदसँग पनी छैन् । कर्णाली प्रदेश मुकाम सुर्खेत हुदै काठमाण्डौसम्म आज भोली कर्णाली तिरकै चर्चाले कोरोना जतिकै चर्चा पाएको छ ।

बिषय हो कर्णाली सरकार परिर्वतनको कर्णाली प्रदेश सरकार परिर्वतन बारे सुर्खेतमा चलेको हल्लाले खासै अर्थ नराख्ने जानकारहरु बताउँन्छन । तर यो हल्ला बालुवाटार र खुम्लटारसम्म भने पुगेको छ ।

बिश्व भरिका नागरिकहरु कोरोनाका करण दुखि भएका बेला कर्णाली प्रदेश तिरका नागरिकहरु सरकार परिर्वतनको हल्लाले दुखि भएका छन । तर सजिलै कर्णाली सरकार परिर्वतन भईहाल्छ भनु दिवा सपना जस्तै भन्नेहरुको पनी कमिछैन् कर्णाली प्रदेश तिर ।

देशमा सात ओटा प्रदेश मध्येमा छ ओटा प्रदेश सरकार नेकपाको नेतित्वमा छ जसमा नेकपाका अध्यक्ष केपी ओलाका बिश्वास पात्र शंकर पोखरेल शेरधन राई पृथ्बी सुब्बा गुरुग डोरमणि पोडेल अध्यक्ष प्रचण्डका बिश्वास पात्र महेन्दबहादुर शाही त्रिलोचन भट्ले प्रदेश सरकारहरुको नेतित्व गरेका छन् ।

राष्टिय राजनितिमा फेरबदल वा अर्को कुनै प्रदेश पुर्व माओबादीलाई नदिएर कर्णाली प्रदेश पुर्व एमालेले लिने कुरा राजनितिक भन्दा पनि गैरराजनितिक हुने राजनितिक शास्त्रका बिज्ञहरुको बुझाई रहेकोछ ।

तर एउटा रोचक कुरा के छ भने पुर्व एमालेले नेतित्व गरेका अन्य प्रदेशहरुमा पुर्व माओबादीहरुले सरकार परिर्वतनको कुरा गरेका छैन् । पुर्व माओबादीले र जनमुक्ती सेनाका कमाण्डले नेतित्व गरेको कर्णाली प्रदेशमा बारम्बार सरकार परिर्वतनको कुरा किन उठेको होला भन्नेमा पुर्व माओबादीका नेता कार्यकर्ताहरुले जानकार नभएको बताउन्छ ।

पुर्व माओबादीका एक नेताका अनुसार पुर्व माओबादीले कर्णाली प्रदेश पुर्व एमालेलाई छोड्ने अबस्था आए माओबादीलाई एक नम्बर प्रदेश वा पाँच नम्बर प्रदेश दिन पुर्व एमाले तयार हुनु पर्ने उनको तर्क छ ।

कर्णाली प्रदेशमा प्रचण्ड निकट १३ ओली निकट १२ र माधब नेपाल निकट ८ सांसद छन् । माधब नेपाल निकट सांसदहरुको नेतित्व गरेका प्रकाश ज्वाला कर्णाली सरकारको अर्थमन्त्री छन् । ओली निकट मानिने मन्त्रीहरु दल रावल र नन्दसिंह बुढा सरकारमै बसेर आफ्नै सरकार ढाल्ने खेलमा सहभागी भएको श्रोतको दाबि छन ।

रोचक यो छ आफ्नै सरकारका मुख्यमन्त्री महेन्दबहादुर शाही कालिकोट निवासी हुन भने मन्त्री रावल हुम्ला र मन्त्री बुढा डोल्पा निवासी हुन । साबिककै कर्णाली कै मन्त्रीहरु साबिकै कर्णाली नेतित्वको सरकार ढाल्न किन लाग्रे भन्ने प्रश्न को उत्तर कुनै समयमा रावल र बुढाले साबिकका कर्णालीका जनतालाई दिनु पर्ने हुन्छ ।

साबिक एमालेका केहि नेतालाई ठुलो भ्रम छ एमालेसँग कर्णालीमा २० सिट छ त्यसैले सरकारको नेतित्व आफुले पाउनु पर्ने दाबि छ । कर्णालीमा एमालेको २० सिट के एमाले एक्लैले ल्याएको होइन दुईपाटी मिलेर आएको हो भन्ने कुरा थाहा पाउन जरुरी छ । नत्र मुख्यमन्त्री हुन खोजेका नेताको पनी निर्वाचनमा पराजय हुने सम्भावना हुन सक्थ्यो ।

पार्टी एकता राष्टिय राजनिति बिश्व परिस्थितिको आंकलन नगरिकन गरिने कामले आफ्नो खुटामा आफैले बन्चरो हान्ने काम होइन र । कर्णाली सरकार एक अमुख ब्यतिले चाहेर परिर्वतन हुने अबस्था छैन । राष्टिय राजनितिमा फेरबदल हुनु पर्छ । संघिय सरकार र अन्य प्रदेश सरकार परिर्वतन हुने अबस्था आए मात्र कर्णाली सरकार परिर्वतन होला नत्र कर्णाली सरकार परिर्वतन बेमौसमी बाजा मात्र हुन जान्छ ।

प्रतिकृया दिनुहोस्