काठमाडौँ, चैत ९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गर्नुभएको छ भने कोरोनाबाट बच्ने उपाय अपनाउनुभएको छ । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहनुभएको छ ।
मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गर्नुभएको छ । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्नुहुन्छ नभए भेटघाट पूरै
बन्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
सल्लाहकार थापाले पहिला जस्तो दौडधूप गर्नुहुन्न तर दैनिक आइपर्ने आवश्यक विषयमा छलफल गर्नुहुन्छ । उहाँ आफैँ स्वास्थ्य उपचारपछि आराममा हुनुहुन्छ । त्यसैले उहाँ स्वास्थ्यप्रति सचेत हुनु स्वाभाविक हो झन् कोरोनाको सङ्क्रमणका कारण सचेत रहने कुरा भई नै हाल्यो भन्नुभयो ।
प्रम ओली कोरोनाप्रति आफू सचेत हुनुहुन्छ र अरूलाई सचेत रहन सल्लाह दिनुहुन्छ । शनिबार उहाँले कोरोनाको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गर्नुभएको थापाले जानकारी दिनुभयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किनुभएको छैन । उहाँ ‘सेल्फ क्वारेन्टाइन’मा हुनुहुन्छ । नेता तथा कार्यकर्तासँग कम भेटघाट गर्नुभएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गर्नुभएको छ । त्यस्तै कुनै जरुरी भेटघाट छन् भने मात्र भेटघाट गर्नुहुन्छ नत्र उहाँ आफैँ कोरोनाप्रति सचेत भएर बस्नुभएको छ । सल्लाहकार सापकोटाका अनुसार प्रचण्डले मास्क लगाउनुका साथै स्यानिटाइजर प्रयोग गर्नुहुन्छ । भेटघाट गर्न आउनेलाई पनि कोरोनाबाट सचेत र सजग रहन सल्लाह दिएर पठाउनुहुन्छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गर्नुभएको छ । तीन दिनदेखि उहाँ घरमै हुनुहुन्छ । कुनै जरुरी र आवश्यक भेटघाट छ भने मात्र भेट्नुहुन्छ नत्र भेटघाट बन्द नै गर्नुभएको छ । उहाँका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना भाइरसबाट बच्न उहाँ सचेत हुनुभएको छ ।
उहाँले आफ्ना कार्यकर्ता तथा नागरिकलाई पनि सजग र सचेत रहन सुझाव दिने गर्नुभएको स्वकीय सचिव देउवाले बताउनुभयो । कोरोनासँग एकजुट भएर लड्नुपर्ने सभापति देउवाको जोड रहेको उहाँले बताउनुभयो ।
सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिनदेखि नेता तथा कार्यकतासँग भेटघाट गर्न छाड्नुभएको छ । तीन÷चार दिनदेखि घरबाट ननिस्कनुभएका नेता पौडेलले कोरोनाबाट बच्ने उपाय सचेत र सजग हुनु रहेको बताउनुभयो ।
जनता सचेत भए भने कोरोनालाई सजिलै जित्न सकिने उहाँले बताउनुभयो । उहाँले आफू कोरोना भाइरसको सङ्क्रमणप्रति पूरै सचेत र सजग रहेको र अरूलाई पनि सुझाव दिनेगरेको जानकारी दिनुभयो ।गोरखापत्र दैनिकबाट …..
जुम्लाको बालविकास केन्द्रबाट तलब बुझ्ने, शहरमा बस्ने
जुम्ला : जिल्लाको चन्दननाथ नगरपालिकाभित्र समुदायमा आधारित १४ र विद्यालयमा आधारित २१ गरी ३५ वटा बाल विकास केन्द्र सञ्चालनमा छन्। तर यस्ता केन्द्रका...
पौष २६, २०७७आजको मौसम : पहाडी भू–भागमा वर्षा र हिमपात
काठमाडौँ । हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहे पनि तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ ।...
पौष १८, २०७७जुम्लामै कालिज पालन व्यवसाय सुरु
नौरते नेपाली …पछिल्लो समयमा फरक सोच राखेर उद्यमशीलता गर्न युवा सक्रिय भएका समाचार आइरहेका बेला जुम्ला गुठीचौर ४ मा ठूलो...
पौष २२, २०७७माघ १५-२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक...
पौष १८, २०७७जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव
काठमाडौँ, भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।...
पौष २१, २०७७चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा
काठमाडौं । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत...
पौष २१, २०७७वायू प्रदूषण उच्च, घर बाहिर ननिस्किन विज्ञको सुझाब
काठमाडौं : काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ। सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ।...
पौष २१, २०७७