काठमाडौं । बुधवार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ । यससँगै कोरोना संक्रमितको संख्या नेपालमा तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले थप एक जनाको नुमना परीक्षणमा पोजेटिभ रिपोट आएको बताएको छ । तर उनको बारेमा भने खुलाइएको छैन ।
तीन दिनअघि फ्रान्सबाट फर्केकी एक १९ बर्षीया युवतीमा कोरोनाको संक्रमण देखापरेको थियो । उनको उपचार भइरहेको छ । त्यसैगरी बुधवार थप एक संक्रमित ब्यक्ति भेटिएका छन् ।