RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
६५७ पटक

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले एक साताका लागि मुलुकभर लकडाउन गरे पनि अत्यावश्यक वस्तुको उत्पादन र वितरण भने नियमित हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना जारी गरेर औषधि, स्वास्थ्यसामग्री, खाद्यवस्तु, खानेपानी, दूधको उत्पादन र वितरण नियमित गर्न उद्योगी व्यवसायीलाई आह्वान गरेकोे हो ।

तरकारी, फलफूल, दूध, पानी तथा ग्यास पसल नियमित सञ्चालन हुने भएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानिटाइजर तथा मास्क लगाउने, भीडभाड नगर्नेलगायतका निर्देशन दिएको छ । देशभर गरिएको लक डाउनको समयमा अत्यावश्यक सामाग्रीहरू अभाव नहोस् भन्ने उद्देश्यका साथ मन्त्रालयले उद्योग सञ्चालन गर्न भनेको हो ।

दैनिक उपभोग्य वस्तुहरू (औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी तथा, औषधि र खाद्यवस्तुका कच्चा पदार्थ) र पेट्रोलियम पदार्थ ढुवानी गर्ने यातायातका साधन यथावत सञ्चालन हुने छन् । ढुवानीकर्ता एंव विक्रेता तथा वितरकले ढुवानी मजदुरको व्यवस्था गर्नुपर्ने र ती सवै मजदुरहरूका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्नुपर्ने तथा समय समयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने लगाउने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेडद्धारा सञ्चालित पसलहरू यथावत सञ्चालन गर्न निर्देशन दिएको छ ।

दुवै कम्पनीबाट मोबाइल भ्यानहरूबाट खाद्यवस्तु बोकी घुम्ति पसल सञ्चाल गरिने भएको छ । खाद्यान्न विक्रीका लागि एक भन्दा बढी स्थानबाट विक्रिकक्ष राखी बिक्री वितरण गर्ने ठूला विक्रेता भाटभटेनी सुपरमार्केट, विगमार्ट, सेलवेज, सेल्सवेरीबाट बिक्री सुरु गरिने छ । औषधि र स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरू बाहेक सरकारी र निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानाहरूमा कम गर्ने श्रमिक कर्मचारीहरूलाई सम्बन्धित उद्योगले विदा दिन निर्देशन दिएको मन्त्रालयले जानकारी दिए ।

औषधि र स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा राख्न उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मश लगायतका उद्योग क्षेत्रका छाता संगठनहरूले आफना सदस्यालाई आवश्यक सहजीकरण गर्ने निर्देशन दिएको छ । कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्