RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
६५६ पटक

कालीकोट चैत १२ गते । स्वास्थ्य सेवा कार्यालय कालीकोटले दैलेखवाट कालीकोट प्रवेश गर्ने सिमाना दहिखोलामा हेल्थ डेस्क स्थापना गरेर जिल्ला भित्रिनेको स्वास्थ्य परीक्षण सुरु गरेपछि थाह भयो भारतबाट नेपाल आउनेको उच्च भिड छ भन्ने । कोरोना सङक्रमण फैलिएको भारतबाट नेपालीहरु गाउँमा आउन थालेपछि कालीकोटका सबै गाउँका नागरिक त्रसित भएका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला अस्पताल कालीकोट र स्वास्थ्य सेवा कार्यालय कालीकोटको सयुक्त टोलीले कालीकोटको प्रवेशद्वार दहिखोलामा हेल्थ डेस्क स्थापना गरेपछि स्वास्थ्य परिक्षण गराउनेहरुको भिड देखिएको छ । सरकारले लकडाउन गरेको भएपनि कर्णाली राजमार्गमा भने एकतर्फी लस्करै गाडी चलिरहेका छन् । रोजगारीको लागि भारत गएका कालीकोट, मुगु, हुम्ला, जुम्ला र वाजुराका नागरिकहरु भरतमा रोग फैलिएपछि धमाधम नेपाल आउन सुरु गरेका छन् ।

दहिखोला हेल्थ डेस्कमा दैनिक ४ सयको हाराहारीको स्वास्थ्य परिक्षण गरिदै आएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सिनियर अहेव हेमराज बमले बताउनुभयो । अहेव हेमराज बमले डेस्कको स्थापना संगै बाहिरबाट प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु भएको भन्दैँ धेरै जसो भारतबाट आउनेहरु रहेको बताउनुभयो । उहाँले कालीकोट जिल्लाका नागरिक मात्र होइनन् , जुम्ला, मुगु, हुम्ला, बाजुरा जिल्लाका समेत नागरिक कर्णाली राजमार्गको यात्रा गरेर घर जाने भएकाले दहिखोलामा भिड झन बढेको बताउनुभयो ।

उहाँले भिड निकै वढेको एकै पटक दश देखि १५ सम्म गाडी आउने भएकाले चेकचाजमा लाईन लगाउनु परेको बताउनुभयो । सोमबार मात्र चार सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएकोमा केहीलाई भने सामान्य रुघाखोकी देखिएको बमले बताउनुभयो । रोजगारीको सिलसिलामा भारत गएका नेपाली गाउँ आउन थालेपछि गाउँमा निकै त्रास बढेको छ । उनिहरु होस क्यारेन्टाइनमा वस्ने सम्मको सचेतना नभएकाले गाउँमा सङक्रमण फैलिने डरले गाउँका नागरिक त्रसित वनिरहेका छन् । सोमबार मात्र महावैको एक गाउँका २ सय भन्दा वढि नागरिक भारतवाट गाउँमा पुगेको स्वास्थ्यकर्मी गोरखबहादुर शाहीले बताउनुभयो ।

स्थानीयहरुले कोरोनाको सामान्य जाँच गर्ने प्रबिधि पनि गाउँमा नभएकाले समस्या निकै भयावह हुने वताएका छन् । स्थानीय सरकारले प्रबिधिको गरिद गर्नु पर्ने र आ–आफ्नो स्थानीय तहका नागरिकको स्वास्थ्य परिक्षण गर्नु पर्ने माग वढिरहेको छ । शिक्षक मानवहादुर बोगटीले भारतबाट गाउँमा आउनेहरुका कारणले कोरोना सङक्रमणको जोखिम वढिरहेको बताउनुभयो । उहाँले हामी सबैले पैसा संकलन गरेर भारतबाट गाउँमा आउनेहरुको स्वास्थ्य परिक्षण संगै उनिहरुलाई केहीदनि सम्म छुट्टै राख्ने व्यवस्था गरौँ भन्दै प्रशासनले समयमै ध्यान दिन अनुरोध गर्नुभयो ।

उहाँले भारतबाट आउनेहरुलाई मात्र व्यवस्थापन गर्न सकेमा अन्य ठाउँवाट सङक्रमणको सम्भावना निकै कम भएको भन्दै जिल्ला प्रवेश द्धारमा सुरक्षाको व्यवस्थापन गरेर वा स्थानीय सरकारले प्याकेज बनाएर अलग राख्ने ब्यवस्था गर्न अनुरोध गर्नुभयो । जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले भारतबाट आएका नागरिकको सुरक्षा स्थानीय तहले आफै गर्नु पर्ने बताउनुभयो । तर स्थानीय तहका केही प्रमुख आफै बिदामा बसेका छन् भने केही आफै घरमा बसेका छन् ।गोरखापत्र दैनिकबाट ….

प्रतिकृया दिनुहोस्