RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१३ गते
८११ पटक

ग्यासको निर्यात घटाउदै विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्न सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको हो ।

ऊर्जा, जलस्रोत मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण खाना पकाउने ग्याँस अभाव हुने सम्भावित अवस्थालाई मध्यनगर गर्दै यस्तो व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको जनाएको छ । मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस्तो व्यवस्था मिलाउन मौखिक निर्देशनदिएको मन्त्री पुनको निजी सचिवालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

मन्त्री पुनले इन्डक्सनमा छुट दिंदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताउनु भयो । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ। विद्युत हाम्रो आफ्नै उत्पादन हो,’ मन्त्री पुनलाई उद्धत गर्दै जारी विज्ञप्तीमा भनिएको छ, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ।’

 

प्रतिकृया दिनुहोस्