RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
११७६ पटक

धनगढी – विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि सुदूरपश्मिका सेती अञ्चललगायत विभिन्न  अस्पतालका आइसोलेसन कक्षमा भर्ना भएका बिरामीको नमुना परीक्षण बेलैमा गर्न नसक्दा समस्या भएको छ। यस क्षेत्रमा नमुना परीक्षण प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता छ। लकडाउन घोषणाका कारण स्थल यातायात र हवाई सेवा पनि बन्द भएपछि यो समस्या झन् पेचिलो बनेको छ।

सेती अञ्चल अस्पताल आइसोलेसन कक्षमा भर्ना भएका आठजनाको नमुना संकलन गरेर बुधबार राति ९ बजे गाडीबाट काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला पठाइएको छ। कोरोना संक्रमित युवतीसँग कतार एयरवेजबाट आएका एक युवक बुधबार राति सेती अस्पताल आइसोलेसन कक्षमा भर्ना भए पनि उनको नमुना पठाउन सकिएको छैन। आठजनाको नमुना पठाएछि ती युवक भर्ना भएका थिए। उनको नमुना बिहीबार पनि काठमाडौं पठाउन सकिएको छैन। ‘सेती अस्पताल आइसोलेसन कक्षमा रहेका नौमध्ये आठजनाको नमुना बुधबार राति ९ बजे पठाइयो। त्यसपछि भर्ना भएका एक युवकको नमुना पठाउन सकिएको छैन,’ सेती अस्पताल आकस्मिक सेवा विभाग प्रमुख जगदीश जोशीले भने।

सरकारले कोरोना संक्रमण हुन नदिन मुलुकभर लकडाउन घोषणा गरेपछि स्थल यातायातसँगै हवाई उडानसमेत बन्द भएको र यस प्रदेशमा प्रयोगशाला नभएकाले शंकास्पद बिरामीको नमुना समयमै परीक्षण गर्न पठाउन नसकिएको जोशीले बताए। ‘हवाई उडान पनि बन्द भएकाले आइसोलेसनमा रहेका बिरामीको नमुना पठाउन समास्या भइरहेको छ,’ उनले भने। बेलैमा नमुना परीक्षण नहुँदा बिरामीको रोग पहिचान र थप उपचारमा बाधा पुगेको छ।नागकिर दैनिकबाट

प्रतिकृया दिनुहोस्