RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
७३४ पटक

कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि करिब पाँच लाख मानिस संक्रमित भएका छन् । हालसम्म २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले संसारभरि नै कोरोना महामारीको त्रास छ । तर, संसारले यस्तो महामारी सामना गरेको यो पहिलोपटक भने होइन । मानव सभ्यताले यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ । विश्वमा कैयौँ त्यस्ता महामारी भए होलान्, तर केही महामारी इतिहासमा अभिलिखित छन् । इतिहासका पानामा पढ्दासमेत आतंकित बनिने त्यस्ता महामारी त्यसवेलाका मान्छेले कसरी सामना गरे होलान्, कल्पना पनि गर्न सक्दैनौँ । तीमध्ये सबैभन्दा विनाशकारी महामारी कसरी सुरु भए, तिनले कस्तो विनाशलीला मच्चाए र ती कसरी सकिए ? यहाँ प्रस्तुत छ :

१. ब्ल्याक डेथ (कालो मृत्यु)– १३४७
मानव सभ्यताकै सबैभन्दा विनाशकारी महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा सकिएको ‘दि ग्रेट प्लेग’ हो । यो ब्युबोनिक प्लेगलाई ब्ल्याक डेथ (कालो मृत्यु) नाम दिइएको छ । यसले चार वर्षको बीचमा संसारका २० करोड मानिसको ज्यान लिएको थियो । यो महामारी युरोपबाट एसियासम्म फैलिएको थियो । सन् १३४७ को अक्टोबरमा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा ब्ल्याक सी हुँदै १२ वटा जहाज आएर रोकिए । रोकिएका जहाज हेर्न जम्मा भएका मानिसले यस्तो डरलाग्दो दृश्य देखे– जहाजका अधिकांश यात्रु मरिसकेका थिए । जति जिउँदै थिए, उनीहरू अन्तिम अवस्थामा पुगेका बिरामी थिए, रगत र पीपले बनेको कालो फिँजले पुरिएका थिए ।

सिसिलीका अधिकारीले त्यो मृत जहाजलाई बन्दरगाहबाट तत्काल निकाल्न आदेश दिए, तर त्यो ढिला भइसकेको थियो । त्यो घटनाबाट सिर्जित ब्ल्याक डेथले त्यसपछिका चार वर्ष संसारभरि २० करोड मानिसको ज्यान लियो । युरोपमा मात्रै दुुई करोड मानिसको मृत्यु भयो, जुन त्यो महादेशको कुल जनसंख्याको एकतिहाइ थियो । संसारमा यो महामारीपछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न दुई सय वर्ष लाग्यो ।

यो प्लेग पहिलोपटक मुसामा उत्पत्ति भएको थियो, जुन झिँगाको माध्यमबाट मानिसमा सरेको थियो । ‘यो महामारी कसरी रोक्ने भन्ने विषयमा मानिसलाई ज्ञान नै थिएन,’ डिपल विश्वविद्यालयका इतिहासका प्राध्यापक थोमस मोकाइटिस भन्छन्, ‘तर, उनीहरूलाई के थाहा भयो भने रोगी मानिसको नजिक नजाँदा यो रोग सर्दैन । त्यसो हुँदा भेनेसियनहरूको नियन्त्रण रहेको रसुगा सहरले पानीजहाजबाट आउने नयाँ यात्रुहरू बिरामी नभएको प्रमाणित नहुन्जेल एकान्तमा राख्ने नियम बनायो ।’ सुरुमा पानीजहाजका यात्रुलाई ३० दिन त्यही जहाजमै राखियो, पछि त्यसलाई ४० दिन बनाइयो । यसलाई ‘क्वारान्टिनो’ भन्ने गरिन्छ । अहिले प्रचलनमा रहेको क्वारेन्टाइनको पहिलो रूप यही नै हो । ‘रोग नियन्त्रणमा क्वारान्टिनोको निश्चय पनि राम्रो प्रभाव प¥यो,’ मोकाइटिस भन्छन् । नयाँ पत्रिका दैनिकबाट …..

प्रतिकृया दिनुहोस्