RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
१०५८ पटक

चैत १४ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका एक नेपाली पुरूषमा आज कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले घटनाको पुष्टि गर्नुभएको छ । मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको सार्वजनिक गर्नुभएको हो । दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालभा भर्ना भएका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको देवकोटाले बताउनु भयो । काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर हुनसक्ने देवकोटाले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्