RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
६१३ पटक

काठमाडौं : शनिबार चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जानकारी दिएको छ।

विमान चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आई पुगेको मन्त्रालयले जनाएको छ।  मेडिकल सामग्री लिन विमान शनिबार दिउँसो चीन प्रस्थान गरेको थियो।

प्रतिकृया दिनुहोस्