RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
६१९ पटक

काठमाडौं – कोभिड-१९ को उपचारका लागि निश्चित पद्धति र भ्याक्सिनको निक्र्याेल नभएको अवस्थामा नेपाल र चीनका स्वास्थ्यकर्मीले रोगको उपचार र रोकथामका विषयमा एकअर्काका अनुभव तथा तयारीबारे छलफल गरेका छन्। ‘नेपाल–चीन कोभिड १९ महामारी रोकथाम र नियन्त्रण अनलाइन सञ्चार तथा अदानप्रदान सम्मेलन’ शीर्षकमा शनिबार भिडियो कन्फरेन्स आयोजना भएको हो।

रेन्बो भोलेन्टियर क्लब, पिसल्यान्ड फाउन्डेसन, अरनिको सोसाइटी र गान्सु रेन्बो पब्लिक वेलफेयर सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको छलफलमा चिनियाँ चिकित्सकले कोभिड १९ को उपचार र नियन्त्रणमा आफ्ना अनुभव सुनाएका थिए भने नेपाली चिकित्सकले चिनियाँ उपचार विधि र रोकथामबारे जिज्ञासा राखेका थिए।

गत डिसेम्बर अन्त्यमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस संक्रमणले त्यस मुलुकमा हालसम्म तीन हजार दुई  सय ९५ जनाको ज्यान लिइसकेको छ भने ९४ हजार मानिस संक्रमित छन्। पछिल्ला दिनमा चीनमा कोरोना संक्रणमा व्यापक गिरावट आएको छ। नेपालमा शनिबारसम्म पाँचजनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये एकजनालाई निको भइसकेको छ भने चारजना उपचारका क्रममा छन्। https:/nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्