RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
६३० पटक

सरकारले दैनिक उपभोग्य वस्तुको उत्पादन वितरण नियमित गर्ने भने पनि खाद्यान्न गोदामै थन्किएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघले उत्पादित खाद्यान्न एक ठाउँबाट अर्को ठाउँमा पु-याउनका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ ।

संघले लकडाउन गर्नु उपयुक्त भए पनि अत्यावश्यक खाद्यान्नहरू एक ठाउँबाट अर्को ठाउँमा पु-याउन नसक्दा झन् समस्या हुने भएकाले सहजीकरणका लागि माग गरेको हो ।

संघले केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर संचालनमा आउनु अत्यावस्यक भएकोले यसको सहजीकरण गरिदिन संघीय सरकारसँग अनुरोध पनि गरेको छ । नेपाल चामल, तेल दाल उद्योग संघले पाँच दिन देखि खाद्य उदोगमा उत्पादन र ओसार पसार ठप्प भएको बताएको छ ।

खाद्य वस्तु ढुवानी गर्ने माल बाहक र खाली सवारीसाधनहरू विगत ४ दिनदेखि विभिन्न ठाउन्मा अड्किएको अवस्थाले बजारमा सामान पठाउन नसकिएको संघले जनाएको छ ।

चालकहरू सवारीसाधन छोडेर आआफ्नो घरमा गइसकेकाले उनीहरूलाई उचित व्यवस्थासहित उच्च मनोबल वृद्धि गरी खाद्य बस्तु निर्वाध रूपमा देशका बिभिन्न ठाउँमा पठाउनु आवश्यक रहेको संघको भनाइ छ ।
हरेक उद्योग संचालनको लागि दैनिक लगभग १ देखि ५ लाखसम्म नगद आवश्यक पर्ने हुँदा सहरबाट उद्योग क्षेत्रसम्म नगद लैजाने सहज वातावरण सिर्जना हुनुपर्ने संघको भनाइ छ ।

उद्योगहरू पाँच दिन देखि बन्द रहेको र देशका बिभिन्न ठाउंका पसलहरू आंसिक रूपमा मात्र खोलिएको अवस्थामा स्थानिय अधिकारीको रोहवरमा पसल खोल्न लगाई उचित व्यवस्था गर्न सरकारलाई संघले आग्रह गरेको छ ।

घरबाट निस्कने बाताबरण नभएकोले श्रमिक कर्मचारीहरू उद्योगमा नजानेहुदा उद्योगबाट उत्पादित सह उत्पादन भुस, राईसब्रान, कनिका, चुन्नी भुसी, पिना एक ठाउबाट अर्को ठाउमा पठाउन समेत असहज भएको हुँदा यसले तयारी बस्तु उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने संघको भनाई छ ।
दैनिक उपभोग्य खाद्य वस्तु चामल, तेल , दाल लगायतका अन्य बस्तुहरू एक ठाउँबाट अर्को ठाउमा पठाउन चेन प्रणालीलाई निरन्तरता दिनुपर्ने भएकाले उचित व्यवस्था सहित लकडाउन अवधिभर सहजीकरण गर्नका लागि संघले आग्रह गरेको छ । कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्