RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
९७२ पटक

काठमाडौं : विश्‍वभर महारमारीका रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्‍न सरकारलाई सिफारिस गरेको छ।

तर, कति अवधि थप्‍ने भन्‍ने निर्णय आजै बस्‍ने मन्त्रिपरिषद्‍ बैठकले गर्ने छ। नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले समितिले लकडाउनको अवधि थप्‍ने निर्णय लिएको हो।

सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आगामी वैशाख ३ गतेसम्म लम्ब्याइएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्