कोभिड-१९ चीनको हिवेई प्रान्तस्थित वुहान सहरबाट सुरु भएको कोरोना भइरसको प्रकोप विश्वका अन्य मुलुकमा महामारी बनिरहेको छ। चीनले आफ्नो सारा शक्ति लगाएर कोरोनाविरुद्धको युद्ध जितेको घोषणा गरिसकेको छ।
चीनमा ८१ हजार मानिसमा संक्रमित भएका थिए। हिवेई प्रान्त र वुहान सहर पुरानै लयमा फर्किइसकेको अवस्थामा प्रचण्डले राष्ट्रपति सीलाई बधाई दिएका हुन्। आफ्ना ३ हजार ३ सय नागरिक गुमाएको चीनले अन्तत: कोरोना भाइरसलाई नियन्त्रणमा लिएरै छाड्यो।
विश्वका लागि कोरोना टाउको दुखाई बनिरहेका बेला चीनले हाँसिल गरेको विजयका लागि अध्यक्ष प्रचण्डले राष्ट्रपति सीलाई पत्र लेखेर बधाई दिएका हुन्। प्रचण्डले सीलाई चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवकारुपमा सम्बोधन गर्दै नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राम्रो सम्बन्ध रहेको उल्लेख गरेका छन्।
कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएको थियो । विश्वभर यो महामारीबाट अहिलेसम्म ३१ हजार मानिसको ज्यान गाइसकेको छ । सबैभन्दा धेरै इटाली र स्पेनमा ज्यान गुमाएका छन्।