RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१७ गते
५५७ पटक

चीनबाट ल्याइएको कोरोना संक्रमणको जाँच तथा उपचारका उपकरण नेपाली सेनाले देशका विभिन्न भागमा पु¥याइएको छ ।
नेपाली सेनाको स्काइ भ्यानले आजे सूर्खेत, धनगढी र विराटनगरमा ती सामाग्रीहरू पु¥याइ सकेको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
सो सामाग्री लिएर स्वस्थ्य राज्यमन्त्री नवराज रावत सुर्खेत जानु भएको थियो भने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ विराटनगर जानु भएको थियो ।

केही अत्यावश्य सडकबाट पु¥याउन जोखिम हुनेखालका सामाग्री स्काइ भ्यानबाट देशका विभिन्न भागमा पु¥याएको र बाँकी सामाग्री सडक मार्गबाट पु¥याउन लागिएको सेनाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्