RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१८ गते
९६९ पटक

चैत १८ गते । भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको छ । स्थानीय प्रशासनले सवै स्थानीय तहको सहयोगमा जिल्लाभरी भारत, तेस्रो मुलकबाट आएका व्यक्तिहरु र तिनिहरुको अवस्थाको वारेमा तथ्यांक संकलन गर्न थालिएको छ ।

सोमवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा रहेको कोभिड कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकिकृत तथ्यांक सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा तीन सय ७१ जना भारतबाट र १३ जना अन्य तेस्रो मुलुकबाट जुम्लाका नागरिक यस समयमा जुम्लामा भित्रिएका छन् । ति मध्य ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाईनमा रहेका छन् । यसैगरी ४६ जना होम क्वारेनईनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा रहेको छ ।

तीन हजार ८ सय बढिको तापक्रम जाँच
यसैगरी भारत अन्य मुलुक र नेपालका विभिन्न जिल्लाबाट यो समयमा भित्रिएका ३ हजार ८ सय ७९ जनाको तापक्रम सहित विभिन्न हेल्प डेक्समा स्वास्थ्य जाँच गरिएको छ । उनिहरुलाई हेल्थ डेक्स नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल, हिमा गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेक्समा स्वास्थ्य जाँच गरिएकोे जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । अव जिल्लाको तथ्यांक हरेक दिन एकिकृत रुपमा आउने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार दिउसो ३ बजे स्थानीय तह र जनस्वास्थ्य कार्यालयले प्रतिवेदन दिने त्यसपछि प्रशासनले दैनिक अपडेट गर्ने भएको छ ।

संक्रमित सँगै जहाजमा उडेका एक यूवा क्वारेन्टाईनमा
सोमवार प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको अध्यक्षतामा बसेको जिल्ला स्तरको कोभिड नियन्त्रण कमाण्ड टिमको आकस्मिक वैठक बस्यो । सो वैठकमा जिल्लाका भएका गतिविधी र गृहमन्त्रालयको निर्देशनको बिषयमा समिक्षा भयो । सो वैठकमा हाल संक्रमित भएका एक व्यक्ति सँग जुम्ला कनकासुन्दरीका एक यूवा दिल्लीबाट जहाँज संक्रमित व्यक्ति सँगै आएको भन्ने थाहाँ भएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको छ ।

प्रहरी स्रोतको माथिल्लो निकाएले दिएको निर्देशन अनुसार ति यूवा कहाँ छन् खोजेर जानकारी दिन भनेपछि होम क्वारेन्टाईनमा रहेको जानकारी प्राप्त भएको छ । उनि काठमाण्डौमै रहेको र अहिले होम क्वारेन्टाईनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । ति यूवा र परिवार प्रहरीको सम्पर्कमा रहेको उहाँले थप्नुभयो । गोरखापत्र दैनिकबाट ..

प्रतिकृया दिनुहोस्