RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१९ गते
७०६ पटक

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणको सावधानी नअपनाए २२ लाख मानिसको मृत्यु हुने जोखिम रहेको बताए । यो संक्रमणमा अमेरिकामा मात्र एक लाख बढी मानिसको ज्यान जान सक्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको ब्रिफिङको क्रममा उनले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने बताएका हुन् ।

उनले संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी कायम गर्न र सावधानी अपनाउन पनि आग्रह गरेका छन् । विगतमा कोरोनालाई सामान्य फ्लू मात्रै भन्ने गरेका ट्रम्प पछिल्लो समय यसप्रति गम्भिर भएको देखिएको छ ।

अमेरिकामा अबको दुई हप्तामा अमेरिकामा एकदेखि दुई लाख मानिसको कोरोना भाइरसका कारण मृत्यु हुने चेतावनी यसअघि नै विज्ञले दिइसकेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्