RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२२ गते
५८७ पटक

काठमाडौं –  कोरोना भाइरस (कोभिड–१९) पहिचान, रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद विषयलाई लिएर सत्तारुढ नेकपाभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ। पार्टीका नेताहरुले मन्त्रालय तहबाट स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततता प्रकरणपछि यो जिम्मेवारी सेनालाई दिइएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।

नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै चारैतिर बहस हुन थालेको र त्यसले पार्टीभित्रसमेत असन्तुष्टि सिर्जना गरेकाले चाँडै सचिवालय बैठक बोलाउनुपर्ने बताएका छन्।

‘केही–केही विषयमा छलफल गर्नुपर्ने भएकाले सचिवालय बैठक माग गरेका छौं’, खनालले भने। उनका अनुसार कोभिड–१९ बाट मुलुकमा उत्पन्न विषम परिस्थितिमा पार्टीभित्र गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भएकाले सचिवालय बैठक माग गरिएको हो। स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भन्दै त्यसमा सरकार र पार्टी दुवैलाई जोडेर प्रचारबाजी भएकाले पनि बैठक तुरुन्तै बस्नुपर्ने आवश्यकता महसुस गरिएको उनले बताए।https://nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्