RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२४ गते
७४१ पटक

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ।

आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ।  कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक

चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो।

 

प्रतिकृया दिनुहोस्