RaraNews

प्रकाशित : २०७६/१०/९ गते
११९२ पटक

काठमाडौं :  आज हुने निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जान, प्रदेश ५ मा महिला,

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजान, कर्णाली र सुदूरपश्चि प्रदेशमा महिला र अन्य समूह दुईदुई जना गरी जम्मा १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन्।

निर्वाचन आयोगमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्ला सदरमुकाममा तोकिएको मतदानस्थलमा मतदान केन्द्रको निर्माण सम्पन्न भएको जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना शुरु गररे आज नै  सबै परिणाम सार्वजनिक गरिसक्ने व्यवस्थाका लागि निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको बताए।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ राजनीतिक दलका तर्फबाट ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिकृया दिनुहोस्