काठमाडौँ, चैत २७ गते । सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र रहेको भाइरस परीक्षण सेवालाई तीन हप्ताको अवधिमा सरकारले देशका विभिन्न ११ स्थानमा विस्तार गरिसकेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराम खनालका अनुसार आवश्यक परेको अवस्थामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालालाई प्रयोगमा ल्याउन सकिन्छ । जसको पहिचानसमेत भइसकेको छ ।
मुलुकमा आरटी–पीसीआर अर्थात् रियल टाइम–पोलिमरेज चेन रियाक्सन) परीक्षण गर्न सकिने ४० ल्याब छन् । जसमा निजी क्षेत्रका १५ र अन्य सरकारी स्वामित्वमा रहेका छन् । आवश्यक भएमा दैनिक छ हजार आरटी–पीसीआर परीक्षण गर्न सकिने क्षमता विस्तार गरिने रजिस्ट्रार खनालले जानकारी दिनुभयो ।
उहाँले कोभिड प्याथोलोजी सल्लाहकार समितिले ल्याब स्थापना, प्रयोगशाला निर्माण, जनशक्ति व्यवस्थापन र उपकरणको गुणस्तर जाँचजस्ता कार्यलाई द्रुत गतिमा सम्पन्न गरी प्रयोगशाला सञ्चालनमा आएको बताउनुभयो । उहाँले प्रयोगशालालाई चौबीसै घण्टा चलाउन २० जनाजति जनशक्ति आवश्यक पर्ने बताउनुभयो । एउटा स्वाब नमुना सङ्कलन र परीक्षणका लागि कम्तीमा १२ हजार रुपियाँ खर्च हुने तर त्यो सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूसहित सरकारले छोटो अवधिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, काठमाडौँ विश्वविद्यालय शिक्षा अस्पताल धुलिखेल, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवा, भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला चितवन र बुटवलमा सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा एक हजार ९६५ र उपत्यकाबाहिर ४०१ नमुना परीक्षण भइसकेको छ । आवश्यकता अनुसार परीक्षणको दायरा बढाइरहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।
सरकारले आरटी–पीसीआर र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) दुवै विधिबाट परीक्षणलाई तीव्रता दिएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा बुधबार मात्रै स्वाब र ¥यापिड कीटबाट गरी १९८ स्वाब नमुना सङ्कलन गरिएको छ । त्यस्तै अछाम, जुम्ला र सुर्खेतबाट सङ्कलित ८०२ नमुना काठमाडौँ ल्याइसकिएको जनाइएको छ ।गोरखापत्र दैनिकबाट
माओवादी धार फेरी विभाजित
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट फेरेपछि तीन माओवादी धार विभाजित भएका छन् ।...
फागुन २८, २०७९आजको मौसम कस्तो रहला ?
काठमाडौँ । देशका केही भू-भागमा आज (शुक्रबार) पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । जल तथा मौसम...
फागुन १९, २०७९देशभरका क्याम्पसमा निर्वाचन समिति गठन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरिका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ। आगामी चैत...
फागुन १७, २०७९‘संघीयताको उदाहरण हो कर्णाली प्रतिष्ठान’
दुर्गमको ठूलो अस्पताल भनेर चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कसरी सेवा प्रवाह गरिरहेको छ ? यो ग्रामीण क्षेत्रमा रहेको...
फागुन २१, २०७९विश्वकप लिग-२ : ४२ रनले युएईलाई हराउँदै नेपाल विजयी
युएईमा भइरहेको विश्वकप छनोटको लिग-२ अन्तर्गतको त्रिकोणिय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु युएईलाई ४२ रनले पराजित गरेको छ। यो जितसहित नेपालले अंक तालिकामा...
फागुन २२, २०७९कर्णाली र सुदूरपश्चिम केन्द्रित आउँछ बजेट : पूर्णबहादुर खड्का
कर्णाली । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताएका छन्...
फागुन २१, २०७९आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम...
फागुन १८, २०७९