RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२७ गते
६२४ पटक

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ जना पुगेको छ। सङ्क्रमितमध्ये तीन लाख २९ हजार ६ सय ३२ जना उपचारपछि निको भएका छन् भने १० लाख ९१ हजार दुई सय ८५ जनाको उपचार भइरहेको छ ।

त्यस्तै ८८ हजार तीन सय ३७ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै १८ सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे १४ हजार नाघेको छ । अमेरिकामा चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

यस्तै इटलीमा सबैभन्दा धेरै साढे १७ हजारको ज्यान छ । स्पेनमा हालसम्म १४ हजार ७९२ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ४८ हजार २२० संक्रमित छन्। जसमा ६ हजार २ सय ७८ जना नयाँ संक्रमित भएका छन्।

फ्रान्समा बुधबार ५४१ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८६९ पुगेको छ। जर्मनीमा बुधबार ३३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या साढे २३ सय पुगेको छ भने संक्रमित १ लाख १३ हजार नाघेको छ।

त्यसैगरी बुधबार बेल्जियममा २०५, इरानमा १२१, ब्राजिलमा १३४, नेदरल्यान्डमा १४७, स्वीडेनमा ९६, टर्कीमा ८७, स्वीटजरल्यान्डमा ७४, क्यानाडामा ४६, पोर्चुगलमा ३५, अस्ट्रियामा ३०, आइरल्यान्डमा २५, पोल्यान्डमा ३०, रोमानियामा २३, इक्वेडरमा २२, इन्डोनेसियामा १९, मेक्सिकोमा १६ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट बुधबार १८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७८ र संक्रमितको संख्या ५९ सय १६ पुगेको छ।

प्रतिकृया दिनुहोस्