RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२७ गते
७१६ पटक

जेनेभा, चैत २७ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशकले आफूलाई हत्या गर्ने को धम्की आएको खुलासा गर्नुभएको छ । ड्रोसका अनुसार अप्रिल ८ अर्थात चैत २६, २०७६ मा आयोजित पत्रकार सम्मेलनका क्रममा हत्याको धम्की आएको थियो ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो । टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत हुनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हालै डब्लूएचओमाथि कडा आलोचना गर्दै सहयोग रोक्नु धम्की दिनुभएको थियो । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको आरोप ट्रम्पको थियो ।

‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, यति धेरै मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले भन्नुभयो ।  टेड्रोसका अनुसार तीन महिनाअघि ताइवानबाट धम्की आएको हो ।

प्रतिकृया दिनुहोस्