RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२७ गते
१७५२ पटक

लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृह मन्त्रालयले योजना बनाउँदैछ ।

सरकारले लकडाउनको समयमा उपत्यकाबाट बाहिर जाने यात्रुहरुका लागि निश्चित मापदण्डसहित जान दिने गृहकार्य भइरहेको हो ।

प्रतिकृया दिनुहोस्