RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२७ गते
६२६ पटक

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर पठाउन गरेको निर्णइ प्रदेश ५ का मुख्यमन्त्रीले विरोध जनाएका छन् ।

पोखरेलले लकडाउन भनेको लकडाउन नै भन्दै बेखर्चीलाई राहत दिन माग गरेका छन् । ‘काठमाडौंबाट बाहिर जानदिने र बाहिरबाट काठमाडौंमा जान नदिनेकुरा सत्य होइन होला, लकडाउनको अर्थ लकडाउन नै हो, बरु वेखर्चीलाई राहत देउ’, पोखरेलले भनेका छन् ।

पोखरेलले प्रदेश नं. ५ का नागरिकलाई घरबाहिर आउ जाउन नगर्न आग्रह गरेका छन् । उनले समस्या भए वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । ‘प्रदेश ५मा जो जहाँ छौ त्यही बसौं, समस्या भए वडा कार्यालयमा सम्पर्क गरौं”, पोखरेलले भनेका छन्, ‘३ गतेपछि सिमित मात्रामा ठाउहेरी आउजाउ खोल्न सकिन्छ, धैर्य गरौं ।”

 

प्रतिकृया दिनुहोस्