RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२८ गते
६८७ पटक

महेन्द्रनगर-विश्वभर कोरोनाभाइरस अर्थात कोभिड–१९ को कहर बढेसँगै नेपालमा पनि सरकारले उच्च सर्तकता स्वरूप लडकाउन गरेको छ । तर, कञ्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने लकडाउन पछि सुरक्षामा चुनौती देखिएको छ ।
लकडाउनको समयमा सरकारले आम सर्वसाधारणलाई घरबाहिर ननिस्कन भने पनि निकुञ्जको मध्यवर्ती क्षेत्रमा भने मानिसहरूको चहलपहल बढेको छ । चहलपहल बढुसँगै निकुञ्जको सुरक्षामा चुनौती थपिएको छ ।

लकडाउनको अवस्थामा निकुञ्जभित्र अवैध रूपमा प्रवेश गरी काठ तस्करी, माछा मार्ने, शिकार गर्ने कार्यहरू बढेपछि निकुञ्जको सुरक्षामा चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
“लकडाउनको समय छ, मानिसलाई घरभित्र बस्न उकुसमुकस भएको होला, केही काम नभएपछि निकुञ्ज किनारका बस्तिबाट मानिस निकुञ्ज पस्ने क्रम एकदमै बढको छ,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, “निकुञ्जका कर्मचारी घर बिदामा गएको बेला कोरोनाको संक्रमण हुन नदिन सरकारले लकडाउन गरेपछि घर गएकाहरूले कार्यालय फर्कनसमेत नपाएपछि केही जनशक्तिमा पनि कमी भएर पनि समस्या भएको छ ।”

नजिक घर भएका कर्मचारी फर्किएको र टाढा घरभएका कर्मचारीलाई फर्काउन सम्भव नभएको पनि उनले बताए । निकुञ्जले भने लकडाउनको समययता निकुञ्न भित्र तेब्बर रूपमा गस्ती बढाएको छ । “निकुञ्जको चारैतिर समुदायको बसोबास रहेको छ, सुृरक्षामा झनै चुनौति थपिएको छ,” संरक्षण अधिकृत पौड्यालले भने, “जनशक्ति थोरै भएपनि सुरक्षित भएर गस्ती बढाइरहेका छांै ।”
निकुञ्जको पश्चिमतिर बग्ने महकाली नदीमा पानीको मात्रा न्यून भएकोले सबैभन्दा बढी महाकाली पारि दोधरा चाँदनीबाट निकुञ्जको सुरक्षामा धेरै चुनौती थपिएको प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।

“निकुञ्ज किनारका मानव वस्तीहरू मध्ये दक्षिणी क्षेत्र वेल्डाँडी र पश्चिमी क्षेत्र दोधरा चाँदनीको निकुञ्ज किनारका बस्तीहरूबाट निकुञ्जभित्र पसेर चोरी तस्करी हुने क्रम बढेको छ । निकुञ्ज प्रवेश गरेर चोरी तस्करी बढेसँगै भित्र पसेका मानिसबाट जनावरमा पनि कोरोनाभाइरस सर्ने सम्भावना अझ बढी छ,” उनले भने । सामान्य घाँस दाउरा चोर्ने लाई ५ सयका दरले पैसा तिराएर छाड्ने गरेको भएपछि मुद्दा चलाउनुपर्ने अभियुक्तलाई भने पक्रेर पनि कोरोनाको क्रासले समस्या भएको पोड्यालको भनाई छ । चारेर निकुञ्ज प्रवेश गर्ने र चोरेर नै तस्करी गर्ने मानिसहरूकोे संख्या दिन प्रतिदिन बढ्दै गएको पनि उनले बताए ।

“चोरीतस्कर गर्ने मानिसको निगरानीको लागि सुरक्षा गस्ती बढाएको भएपनि निकुञ्ज प्रवेश गरेको व्यक्तिले आगो लगाइदिने जोखिम पनि बढेको छ,” उनले भने, “प्रक्राउ गरिहाले पनि रोगको लाग्ने पो हो कि भन्नेको पनि जोखिम उत्तिकै हुन्छ ।” निकुञ्ज प्रशासनले निकुञ्जको सुरक्षा बलियो पार्न निकुञ्ज किनार तथा निकुञ्जको मध्यवर्ती क्षेत्रहरूमा चौबिसै घण्टा सुरक्षा गस्ती गर्ने पनि जनाएको छ ।कारोवार दैनिकबाट

प्रतिकृया दिनुहोस्