RaraNews

प्रयाक आचार्य प्रकाशित : २०७६/१२/२८ गते
११६५ पटक
प्रयाक आचार्य

हाम्रा विभिन्न नीति, योजना, कार्यक्रमहरुको आधार स्तम्भ भनेको सूचना हो । सूचना विना कुनै पनि कार्यलाई सफलढं+गवाट कार्यान्वयन गर्न निकै कठिन हुन्छ । जसको परिणम यात कम अपेक्ष अनुसार हुन्छ या गलतै सावित हुन सक्छ । यसरी हेर्दा सबैको जड सूचना, सूचना अनुसारको नीति र योजना, सोही अनुसारको कार्यक्रम हुनु भनेको स्वस्थ विकासहो ।

यो समयलाइ अवसरको रुपमा रुपान्तरण गर्न निकै उत्तम समय छ । स्थानीय होस या प्रदेश सरकार यीनीहरुको लागि चाहिने आवश्यक सूचना निकै महत्वपूर्ण छ । यो सूचनाको ताजा विवरण लिने समय अहिले हो । यो वेला न कसैले सूचना छल्न सक्ने अवस्था छ न कसैले दोहोरयाउने ।

हिजोका जनगणना ले पनि केही यस्ता तथ्याकंहरु समावेश गरायको पाईए जस्तै जुम्लाको सनिगाउ गाविसको जनगणनामा कुल जनसंख्या जम्मा २९३ रहेको थियो (२०५८को जनगणना) । यसैले हाम्रा सूचना कत्तिको यर्थाथ परक थिया भन्ने कुरा स्पष्ट हुन्छ । हुनत सबै सूचना गलत भन्न खोजेको होईन केही सूचनामा त्रुटी पक्कै थियो ।

यसैले यो वेला हाम्रा नया संरचना पनि स्थापित भएका, हरेक वस्तीमा जनप्रतिनिधिको उपस्थिती रहेको छ । हामीले सूचनाको महत्वलाई मध्यनजर गरी हाम्रा वडालाई अलि सक्रिय वनाउन सके यथार्थ सूचना आउन सक्ने निकै संभावना हो यो वेला ।

हाम्रा नगरपालिका र गाउपालिका ले आफ्नो वस्तुगत विवरण तयार गरेका छन । तीनीहरु पनि कत्तीको यर्थाथ परक छन यसको पनि समिक्ष गर्न या पुनरावलोकन गर्न मदत यही तथ्याक र सूचना वाटै संभव छ ।

यो पक्षले कसरी नीतिगत सूधार गर्ने, तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना तथा कार्याक्रम को तर्जुमा र श्रोतको न्यायोचित वाडफाड कसरी गर्ने, हाम्रा कस्ता किसिमका आर्थिक उपार्जनका उपाय छन सोको यकिन गर्न, हाम्रो प्राथमिकताको क्षेत्र को तय गर्न, अझ स्थानीय तहमा उत्पादन भयको खाद्यान्न को अवस्था, हामीलाई कती खाद्यान्न वस्तु आयात गर्नु पर्छ र कति आयात गर्नु पर्ने रहेछ सोको यथार्थ विवरण, भोलिका दिनमा कुन क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने रहेछ भन्ने जस्ता कुराको अनुमान योग्य कार्य जस्ता कुरालाई अवसरमा रुपान्तरण यसै सूचना तथा तथ्यांकवाट संभव छ ।

यसैले यो अवसरको भरपूर जसले उपयोग गर्न सक्यो उसैको हो, भोलिको संन्सार । किनकी नजीको छिमेकी देश चाइनाले हिजो २०१९ को डिसेम्वारमा आयको विपत लाई अवसरमा रुपान्तरण गर्दा आज संसारको ध्यान केन्दीत गरीरहेको छ । सबैको प्रशंसयोग्य देश वन्न सफल भएको छ । हामीपनि भोलिका दिनमा देशभित्रका सबै पालिका को ध्यानाकर्षणको नमूना योग्यहुने नहुने समय तपाई हाम्रो आइसक्यो यता तर्फ किन ध्यन नदिने ?

राहात वितरणको प्रशंङः राहातले सरकार भयको अनुभूतीको वोध गराउछ । सरकार एक अभिभावक भएकोले यसवाट नागरिकले राहात चाहे खाद्यान्न होस या अन्य कुनै आर्थिक,सामाजिक (शिक्ष, स्वाथ्य, सुरक्षा, खानेपानी, कानुनी) क्षेत्र बाट उपलब्ध हुने जुनसुकै कुराको मुल जड सूचनामै आधारित हुन्छ ।

मात्र प्रश्न राहात प्राप्तकर्ता कस्तो हो, वर्तमान समयमा के गर्दछ, उसको विगतको अवस्था कस्तो थियो, राहात पाउन योग्य हो वा होइन यदि हो भने कुन कुरा उसलाई आवश्यक हो, अन्य आश्रीत परिवार कतिछन, अनि कति समय सम्म आवश्यक पर्ने हो, अल्पकालिन हो कि दिर्घकालिन हो जस्ता कुराले वढी साधीखोजीको विषय वनाउछ  । यसरी हेर्दा सहि लगत रहेछ भने यी माथिका प्रश्नको जवाफ सहजै दिन सकिन्छ ।

यदि हामीसंग सहि सूचना तथा तथ्याकं छैन भने अनउत्तरित हुनु वाहेक केही हुन्न । जसले विभिन्न आरोपवाट छयापिनु पर्ने अवस्था आउछ । त्यसैले पनि होला हाम्रा राहात का पोकाको दुरुपयो भयको वढी समाचार सुन्न पाइन्छ । कहिले कृषिको उत्पादनमा विचौलियाको विगविगी त कहिले शिक्षा क्षेत्रका सूचना अपर्याप्त, कहिले स्वास्थ्यको सूचनामा त्रुटी त कहिले विपत व्यवस्थापन, कहिले सामजिक सुरक्षाको ।

यी माथिका घटनाले के स्पष्ट पारेको छ भने सूचनामा एकरुपता नहुदा श्रोतको दोहन तथा दुरुपयोग, वास्तविक लक्षितवर्ग उपेक्षीत हुनु, श्रोतमा दोहोरोपना, शक्ति केद्रको प्रभाव, आथिर्क अपचलन, मेलोमोतो ले प्रश्रय पाउनु, असन्तुलित विकास, विकासको गतिमा रोकावट,  भ्रष्टाचारको अवस्था दिनानुदिन वढदै जानु अन्त परिणाम समाजमा रहेको गरिवीको अवस्था निकै नाजुक हुनु ।  अव यसवाट छुटकरा पाउन एउटै उपाय सहि सूचना तथा तथ्यांक नै हो यसको यकिन गरी कार्यको सुरू गनु पर्दछ ।

[लेखक  : आचार्य जुम्ला हिमा गाउँपालिका निवासी हुन ]

 

प्रतिकृया दिनुहोस्