RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२९ गते
१४९ पटक

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका छन्। उनको सचिवायलका अनुसार उनले कोविड १९ को रोकथामका प्रयासबारे मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु, प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, प्रदेश ३ का डोरमणि पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल, प्रदेश ६ का महेन्द्र शाही र प्रदेश ७ का त्रिलोचन भट्ट सहभागी थिए।

प्रधानमन्त्री ओलीले प्रभावित समुदाय र क्षेत्रमा राहत प्याकेज वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

प्रतिकृया दिनुहोस्