RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/३० गते
६४५ पटक

कोरोना भाइरस (कोभिड१९) बाट ज्‍यान गुमाउनेको संख्या बढ्दै गएपछि भारत सरकारले लक डाउन अवधि दुई हप्ता थप्ने तयारी गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्‍यमन्त्रीहरुसँगको करीब ४ घण्टा बसेको बैठकमा लक डाउन बढाउने तयारी गरेको दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालले ट्विटर मार्फत जानकारी दिएका छन्।

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्‍न राज्‍यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन्। पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्‍यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री मोदीले शनिबार विभिन्‍न राज्‍यका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा २१ दिनपछि तेस्रो बैठक बसेर छलफल गरेका छन्।

प्रतिकृया दिनुहोस्