RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१ गते
८१४ पटक

१ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ वर्षको अवसरमा एक बिज्ञप्ती जारी गदै शुभकामना ब्यक्तm गरेका छन। सरकार बनेको छोटो अवधिमै अत्यावश्यक कानुन तर्जुमा,

प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, आपतकालीन उद्धार तथा राहत वितरण, सबै कर्णालीवासीको विपद दुर्घटना विमाको व्यवस्था, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कार्यान्वयन, अर्गानिक प्रदेशको आधार तयारी, कृषकका लागि व्याज अनुदान जस्ता महत्वपूर्ण कामहरु भएको मुख्यमन्त्री शाहीले बताएका छन् ।

यस दृष्टिकोणका साथ यो आर्थिक वर्षभित्रै सडक सञ्जालमार्फत् कर्णालीका सबै जिल्ला सदरमुकामहरूलाई प्रदेश राजधानीसँग जोड्ने लक्ष्यका साथ प्रदेश सरकार लागिरहेको छ । मुख्यमन्त्री शाहीले आफ्नो सन्देशमा भनेका छन्, ‘यसको साथै कर्णाली प्रदेशको जीवनरेखाका रुपमा रहेको जमुनाहा–हिल्सा द्रुतमार्ग निर्माणका लागि चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययन कार्य पूरा गरी निर्माण कार्यको पहल, सुर्खेत उपत्यका चक्रपथको विस्तृत परियोजना प्रतिवेदन तयारी लगायतका आशलाग्दा कामहरुको शुरुवात गर्न पनि प्रदेश सरकार सफल भएको उल्लेख छ ।

विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्यासित रुपमा कोरोना भाइरस कोभिड–१९ले निम्त्याएको संकट आइपुगेको मुख्यमन्त्री शाही बिज्ञप्तिमा उल्लेख । ‘विश्व मानवजातिका विरुद्ध खडा भएको यो संकटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित वनाउने छैन बरु यो संकटको सामना गर्न हामी सक्षम हुनेछौं ।

बरु यस महामारीको सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुने विश्वास ब्यक्त गरेका छन ।

सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र स्वास्थ्य सावधानी अपनाउन पनि अनुरोध गर्द छ।’ देश निर्माणमा सफल हुने विश्वाससहित नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिए ।

प्रतिकृया दिनुहोस्