RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२ गते
६०० पटक

काठमाडौं । मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्वोधन गर्दै लकडाउनको समय बढाएका छन् । उनले आगामी ३ मेसम्म लकडाउनको समय बढाएका हुन् ।

मोदीले दुई हप्ता थप लकडाउन गर्न सक्ने अनुमान गरिएको थियो । पाँच राज्यले यसअघी नै ३० अप्रिलसम्म लकडाउनको घोषणा गरिसकेका छन् । पंजाब, ओडिशा, महाराष्ट्र, तेलंगाना र बंगालमा ३० अप्रिलसम्म लकडाउन भइसकेको छ ।

मोदीले विभिन्न दुःखका बीच २१ दिने लकडाउनलाई सफल बनाउन मद्धत गरेको तथा एक अनुशासित सिपाहीले जसरी कर्तव्य निभाएको भन्दै भारतीय जनताप्रति आदरपूर्वक नमन गरेका छन् ।

तेस्रो सम्वोधन ३ अप्रिलमा गरेका थिए । उक्त सम्वोधनमा उनले ९ मिनेट लाइट बन्द गरेर मैनबत्ती र दीयो बाल्न अनुरोध गरेका थिए ।

भारतमा १० हजार ४९३ संक्रमित छन् भने ३५८ जनाको ज्यान गएको छ ।

मोदीले विश्वमा फैलिरहेको कोरोनाको संक्रमणको तुलनामा भारतमा कम क्षति पुगेको बताएका छन् । नोक्सान कम भन्दा कम गर्नका लागि सरकारले पहल गरिरहेको पनि बताएका छन् ।

बुधबार सरकारका तर्फबाट वितृत गाइडलाइन जारी गर्ने पनि मोदीले भनेका छन् । उनले २० अप्रिलदेखि केहि निश्चित क्षेत्रमा विशेष छुटको व्यवस्था गर्ने जनाएका छन् । तर त्यो पनि सशर्त हुने उनले प्रष्ट पारे।

 

 

प्रतिकृया दिनुहोस्