RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२ गते
५८९ पटक

काठमाडौं, बैशाख २ सरकारले लकडाउनको समय वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । कोरोनाको संक्रमित बढ्न थालेपछि सरकारले बैशाख ३ गतेसम्म गरेको लकडाउनलाई १२ दिन थप गरेको हो ।

चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको छ ।

प्रतिकृया दिनुहोस्