RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३ गते
५९७ पटक

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ, भने संक्रमित हुनेको संख्या पनि ११ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस भारतको महाराष्ट्र सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको  मृत्यु भइसकेको छ भने दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।

कोरोना संक्रमणबाट भारतका महाराष्ट्र, दिल्ली, तमिल नाडु, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गाना लगायतका राज्यहरू धेरै प्रभावित बनेका छन्। यी राज्यमध्ये महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो ।

अहिलेसम्म भारतमा संक्रमितमध्ये १३ सय ६ जना निको भएको जनाइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो मंगलबार देशमा जारी लकडाउन वैशाख २१ गतेसम्म लम्ब्याउने घोषणा गरेका छन्। घोषणामा उनले संक्रमण नदेखिएका केही स्थानमा वैशाख ८ बाट लकडाउन केही खुकुलो बनाउने बारेमा विचार गर्न सकिने बताएका थिए।

प्रतिकृया दिनुहोस्