RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/४ गते
५४७ पटक

काठमाडौं  – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको राष्ट्रव्यापी लकडाउन लम्बिँदै जाँदा यसले खाद्यसुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने चेतावनी विश्व खाद्य संगठन (डब्लुएफपी) ले दिएकोछ। ‘गहँुलगायत हिउँदे बालीको कटाइका हुने कठिनाइ, धान र बर्खे बालीको रोपाइँमा पर्ने समस्याले खाद्यवस्तुको मूल्य र उपलब्धतामा प्रभाव पारेर व्यापक खाद्य असुरक्षाको स्थिति उत्पन्न हुन सक्छ’, डब्लुएफपीले कोभिड १९ र खाद्य सुरक्षा तथा जोखिमसम्बन्धमा तयार पारेको रिपोर्टमा उल्लेख छ।

नेपालले पछिल्ला वर्षमा खाद्यसुरक्षाका क्षेत्रमा केही सुधार गरे पनि ४६ लाख मानिस खाद्य असुरक्षामा बाँच्ने गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ सर्वेक्षण २०१६ले जनाएकोछ। यीमध्ये २० प्रतिशत अलि कम स्तरमा,  २२ प्रतिशत मध्यम स्तरमा र १० प्रतिशत गम्भीर खालको खाद्य असुरक्षामा बाँच्ने गरेको सो सर्वेक्षणले देखाएकोछ। यसैगरी सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रका घरधुरी खाद्यवस्तुको महँगो मूल्यका कारण झनैबढी खाद्य असुरक्षाको स्थितिमा बाँच्न बाध्य रहेको पनि उक्त सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ।

डब्लुएफपीले मानिसको आवतजावतमा भएको कडाइले कृषि बाली कटान तथा भण्डारणमा चुनौती थपिएको पनि जनाएकोछ। ‘यति बेला गहुँ कटान तथा भण्डारण गर्ने समय हो तर दैनिक ज्यालादारी मजदुरको अभाव र आवागमनमा भइरहेको कठिनाइले अन्ततः कृषि उत्पादनको भण्डारणमा प्रभाव पर्ने देखिएकोछ,’ खाद्यसुरक्षाको क्षेत्रमा काम गर्ने दातृनिकाय र केही सम्बन्धित मन्त्रालयलाई मात्र उपलब्ध गराइएको डब्लुएफपीको सो रिपोर्टमा भनिएकोछ। www.nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्