RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/४ गते
६२९ पटक

दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल सहयोग गरेका छन् । दाङ् क्षेत्र नं. २ का सांसद महराले स्वकीय सचिव प्रमोद शर्मामार्फत प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाएका हुन् ।

महराको सचिवालयका अनुसार मुलुक लकडाउनमा रहेको र विपन्न परिवार, ज्यालादारी गर्ने मजदूर र विभिन्न कारणले चुलो नै लक्ड हुने अवस्थाका नागरिकहरुलाई उक्त चामल जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्नेमा बताएका छन् ।

‘कोरोना संक्रमणले यतिबेला मुलुकलाई छोएको मात्र छ’, महराले भन्नुभयो, ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ। त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा समेत समेत जानकारी दिनु भयो

प्रतिकृया दिनुहोस्